एसईई खारेजको विषयमा छलफल भइरहेको छ : शिक्षामन्त्रि पौडेल

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ३७५ पटक पढिएको

 

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले एसईई (माध्यमिक शिक्षा परीक्षा) प्रणाली खारेज गर्ने विषयमा सम्बन्धित निकायहरूसँग छलफल भइरहेको बताएका छन् । बिहीबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समिति बैठकलेएसईई खारेज गर्न निर्देशन दिए पछि उनले उक्त कुरा बताएका हुन् । 

कसैको दबाबमा खारेज गर्न खोजेको होइन भन्दै पौडेलले भने, १२ कक्षालाई माध्यमिक शिक्षा बनाएपछि एसईई किन चाहियो भन्ने कुरा हामी सम्बन्धीत विज्ञहरु सँग छलफल गर्दै छौ ।”

समितिको बैठकले १२ कक्षासम्म विद्यालय तहको शिक्षा भएकाले एसईई खारेज गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको थियो । समितिले यसअघि २९ जेठ २०७७ मा एसईई खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो । तर, उक्त निर्देशन कार्वान्यनमा आएको छैन । 

त्यस्तै मन्त्रि पौडेलका अनुसार, बालशिक्षा पढाउने धेरै शिक्षिकाहरुले तलब नपाउनु दःखको कुरा भएको भन्दै यस विषयमा त्रिभुवन विश्वविद्यालयको सिनेट संगै ४ वटा विश्वविद्यालयको सिनेट सम्म निर्देशन दिइसकेको बताएका छन् ।  

प्रारम्भिक बालशिक्षा पढाउने शिक्षकलाई ६ हजार तलबमा काम गर्न लगाउनु अन्याय भएको उनको भनाई छ । उनले सरकार तोकेको तलब दिनुपर्ने पक्षमा रहेको समेत बताएका छन् । सरकारले बजेटमार्फत बाल शिक्षा पढाउने शिक्षकको तलब १५ हजार रुपैयाँ तोकेको छ । जसमध्ये सरकारले ६ हजार र बाँकी स्थानीय तहले दिने उल्लेख थियो ।

उनले सरकार चिकित्सा शिक्षा सँग सम्बन्धित र अरु प्राविधिक क्षेत्र सँग सम्बन्धित शिक्षामा प्रवेश गरेको पनि बताएका छन् । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित