अफगानिस्तानको शिक्षा सम्बन्धी नयाँ नीति – विश्वविद्यालयहरू लिङ्गका आधारमा विभाजित/ पोसाक सम्बन्धी नयाँ नियम
- वर्ल्ड दैनिक
- २ साल अघि
- १९० पटक पढिएको
तस्बिर – इपीए
अफगानिस्तानको तालिबान सरकारले उच्चशिक्षा सम्बन्धी नयाँ नीति सार्वजनिक गरेको छ । राष्ट्रपति भवनमा तालिबानले आफ्नो झण्डा फहराएको भोलि पल्ट उच्च शिक्षा नीति घोषणा गरेको हो । यसलाई तालिबान शासन सुरु भएको संकेतको रुपमा हेरिएको बीबीसीले जनाएको छ ।
यो नयाँ नीतिमा महिला र पुरुषहरु सँगै बसेर पढ्न नपाउने भनेर जनाएको छ । अफगानिस्तानका विश्वविद्यालयहरूलाई लिङ्गका आधारमा विभाजित गरी पोसाक सम्बन्धी नयाँ नियम लागु गरिने जनाइएको छ। तालिबानका अनुसार अफगानिस्तानका विश्वविद्यालयहरुमा छुट्टाछुट्टै पढाईहुने गरी छुट्याइने छ र इस्लामी ड्रेस कोड लागू गरिने छ ।
उच्चशिक्षा सम्बन्धी मामिला हेर्ने एक जना मन्त्रीअब्दुल बाकी हक्कानीले महिलाहरूले पढ्न पाउने तर पुरुषहरूसँगै बसेर भने पढ्न नपाउने बताएको बीबीसीले जनाएको हो । हक्कानीले महिला शिक्षकहरुको संख्या पर्याप्त रहेको दाबी गर्दै कमी भएको स्थानमा दोस्रो विकल्प सोचिने बताएका छन् । उनका अनुसार, ‘यो सब विश्वविद्यालयको क्षमतामा निर्भर गर्दछ । पर्दा पछाडि बाट पढाउनका लागि पुरुष शिक्षक वा प्रविधिको सहयोग लिन सक्नेछन् ।’
जनता मुस्लिम भएकाले उनीहरुले यसलाई स्वीकार गर्ने हक्कानीले बताएका छन् । तर गतअगस्ट १५ तारिखमा सत्ता आफ्नो हातमा लिएसँगै उसले सुरक्षा अवस्थामा सुधार नआए सम्म जनस्वास्थ्यकर्मी बाहेक अन्य महिलाहरूलाई कामबाट टाढै रहन भनेको छ । त्यस्तै यो नयाँ नीतिले महिलाहरु शिक्षाबाट वञ्चितहुन सक्ने र अब अफगानिस्तानमा व्याप्त परिवर्तन आउने विश्लेषण भइरहेको छ ।
यस अघि छात्राहरूले पोसाक सम्बन्धी नियम पालना गर्नुपर्ने थिएन र महिला–पुरुष एकै कक्षामापढ्न पाउँथे । पहिलोपटक अफगानिस्तानमा शासनगर्दा महिला तथा बालिकाहरुलाई विद्यालय र विश्वविद्यालयको शिक्षामा प्रतिबन्ध लगाएको तालिबानले यस पटक भने महिलाहरूलाई शिक्षालिन र रोजगारीमा प्रतिबन्धन लगाउने जनाएको छ । सन् १९९६ देखि २००१ बीचमा तालिबान शासनका बेला अफगानिस्तानमा महिला र बालिकाहरूलाई विद्यालय र विश्वविद्यालयमा प्रतिबन्धल गाइएको थियो।