सहमति जुटाउन सत्तारुढ गठबन्धन बैठक आज पनि बस्दै

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३४६ पटक पढिएको

स्थानीय तह निर्वाचनमा सिट बाँडफाँड तथा चुनावी तालमेलको विषयमा सहमति जुटाउन सत्तारुढ गठबन्धन बैठक आज पनि बस्दै छ । कुनै ठोस सहमतिबिना तथा निष्कर्षविहीन भई सोमबारको बैठक सकिएपछि गठबन्धनका शीर्ष नेताहरु आज बिहान साढे ११ बजे छलफलमा जुट्न लागेका हुन् ।

महानगर र उपमहानगरमा दलहरुले आ आफ्नै दावी नछोडेपछि ३ घण्टा बसेको बैठक विना निष्कर्ष सकिएको थियो । सत्तारूढ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल, र राष्ट्रिय जनमोर्चाबीच महानगरपालिका र उपमहानगरपालिकाको टुङ्गो लगाउन सोमबार दिनभरको प्रयास असफल भएको हो । कांग्रेस नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार धेरै ठाउँमा सहमति नजिक पुगेको थियो ।

६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका वडासमेतको वस्तुगत स्थितिको बारेमा बैठकमा छलफल भएको र मंगलबार त्यसलाई अन्तिम रूप दिने सहमति गरिएको प्रविधिमन्त्री कार्कीले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित