राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुन सम्मानित
- वर्ल्ड दैनिक
- २ साल अघि
- ४६८ पटक पढिएको
नेपाली वैज्ञानिक तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुन सम्मानित भएका छन् । बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले बिज एजुकेशनको आयोजनामा उनलाई सम्मान गरेको हो ।
अन्तरक्रिया कार्यक्रममा उनले नेपालमा अनुसन्धान र प्रविधिको क्षेत्रमा पुर्याएको योगदान र कामको कदर गर्दै डा. पुनलाई सम्मान गरिएको हो ।
डा. पुनले कार्यक्रममा भिडियोमार्फत आफ्नो काम प्रस्तुत गरेका थिए । नागरिक तथा विदेशीको सहयोगमा स्थापना भएको केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायत २० भन्दा बढी क्षेत्रमा नयाँ अनुसन्धान गरिरहेको पुनले जानकारी दिए ।
कार्यक्रममा नेपाल शिक्षा परिषद् युकेका पदाधिकारी वसन्त नेपाल, लेखनाथ गैरे, गणेश खड्का, कृष्ण खनाललगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस