विधुतीय स्कुटर ‘सारथी’ ल्याउँदै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • २३९ पटक पढिएको

नास्ट (नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान) ले विधुतीय स्कुटर निर्माण गरेको छ । नेपालका अधिकांश प्रतिष्ठानले प्रभावकारी काम नगरेको भन्दै नास्टले विधुतीय स्कुटर निर्माण गरेको जनाएको छ। प्रतिष्ठानले विधुतीय स्कुटर निर्माण गरेर नयाँ सन्देश दिन खोजेको छ।

नेपालको माटो सुहाउँदो मोडल बनाएको प्रतिष्ठानले दाबि समेत गरेको छ। विधुतीय स्कुटर नेपाली भुगोलको लागि सुहाउँदो रहेको प्रतिष्ठानका प्रविधि शंकाय प्रमुख रबिन्द्र ढकालले बताए।

प्रतिष्ठानले लुम्बिनि प्रदेश सरकारसँग सहकार्य गरेर नेपालमा नै कारखाना खोल्ने जनाएको छ।

उक्त्त विधुतीय स्कुटरको नाम ‘ सारथी’ राख्ने तयारी भैरहेको ढकालले जानकारी दिएका छन्। एउटा स्कुटर बनाउन कम्पनीले रु. तीन लाखभन्दा बढी लगानी गरेको छ।

प्रतिष्ठानले विकास गरेको स्कुटरमा दुई किलोवाटको ब्याट्री राखिएको छ। अहिले विकास भएको स्कुटर एक पटक पुरा चार्ज गरेपछि ५० किलोमिटर गुडाउन सकिने प्रतिष्ठानले वताएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित