वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको पहिलो राष्ट्रिय बैठक भोलि

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २१६ पटक पढिएको

विश्वभक्त दुलाल आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको पहिलो राष्ट्रिय बैठक भोलिदेखि सुरु हुँदैछ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य मदन अर्यालले भोलि दिउँसो १२ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्घाटन गरिने भेलामा ५० जिल्लाका प्रतिनिधिको सहभागिता रहने जानकारी दिए ।

उद्घाटन समारोहमा नेकपा–क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेललगायत नेताहरुको उपस्थिति रहनेछ ।

उक्त्त उद्घाटन समारोहमा नेकपा–क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेललगायत नेताहरुको उपस्थिति रहनेछ ।

पहिलो राष्ट्रिय बैठकले वैज्ञानिक समाजवादको कार्यदिशा, विज्ञान तथा प्रविधिमा आधारित वैज्ञानिक समाजवादको रूप, प्रमुख उत्पादक शक्ति, संरचना र कार्ययोजना तय गर्ने जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित