मनमोहन प्राविधिक विश्वविद्यालयद्वारा नयाँ स्नातकोत्तर तहको पाठ्यक्रम निर्माण

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ६१७ पटक पढिएको

नेपालको स्वास्थ्य क्षेत्रको व्यवस्थापन र प्रविधिको पहुँच अझै आधारभूत तहभन्दा माथि जान नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै मनमोहन प्राविधिक विश्वविद्यालय (एमटियू)ले स्नातकोत्तर तहको नयाँ पाठ्यक्रम निर्माण गरेको छ । एमटियूले आगामी शैक्षिक सत्रदेखि कक्षा सञ्चालन गर्ने गरी देशमै पहिलोपटक दुईवर्षे स्नातकोत्तर तहको नयाँ पाठ्यक्रम निर्माण गरेको हो ।

एमटियूका उपकुलपति डा. सुभाषश्री पोखरेलका अनुसार नेपालको स्वास्थ्य सेवा क्षेत्रमा अझै नीति, प्रविधि र व्यवस्थापनमा अर्धदक्ष जनशक्त्ति प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । शिक्षित दक्ष जनशक्तिको अभावमा निजी तथा सरकारी क्षेत्रको स्वास्थ्य सेवा जिम्मेवार र गुणस्तरीय हुन नसकेको उनले बताए ।

‘अझै नीति र योजना निर्माण तथा प्रविधिको प्रयोगमा विदेशीहरूको भर पर्नुपर्ने बाध्यता छ । आफैँले सही सूचना संकलन गरेर विश्लेषण गर्न नसक्दा महत्वपूर्ण सूचनाहरू बाहिर गइरहेका छन् । समयमा सही सूचना दिने र भरपर्दो तथ्यांक राख्ने प्रणालीको प्रयोग भइरहेको छैन,’ उपकुलपति पोखरेलले भने, ‘त्यसैले तमाम समस्याहरू समाधान गर्न अनुभवी  विज्ञहरूको टोलीलाई सहभागी गराएर एमटियूले देशमै पहिलोपटक दुईवर्षे मास्टर्स तहको नयाँ पाठ्यक्रम निर्माण गराउनुपरेको हो ।’

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित