होलीलाई मर्यादित बनाउन ट्राफिक व्यवस्थापनमा कडाई, १३०० ट्राफिक परिचालन

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २७७ पटक पढिएको

महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङ्गहरुको पर्व होलीलाई यो वर्ष व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकाको तीनै जिल्लामा १३०० भन्दा बढी ट्राफिक प्रहरी खटाउने भएको छ । महाशाखाले बुधबार यसबारे जानकारी दिदै ट्राफिक व्यवस्थापनमा कडाई गरिने जनाएको हो । रङ्गको पर्वमा रमाउदा सवारी नियम तोड्ने र मादक पदार्थ सेवन गर्ने जस्ता विभिन्न किसिमका गतिबिधि नियन्त्रण गर्न  महाशाखाले उक्त संख्यामा प्रहरी परिचालन गर्ने जनाएको छ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले सबै ट्राफिक इकाई तथा ईन्चार्जहरूलाई ट्राफिक व्यवस्थापन कडाई गर्न निर्देशन दिनुका साथै प्रहरी कर्मचारीहरुलाई बुधबार व्रिफ़िङ्ग समेत गरेका छन्। “फागु पूर्णिमाको अवसरमा हुने सवारी व्यवस्थापनको विभिन्न चुनौतिहरू तथा खतराहरूलाई यथार्थपरक विश्लेषण र मूल्याङ्कन गरेर प्रविधि उपकरणहरुको समुचित उपयोग गर्ने गरी विशिष्टिकृत ट्राफिक प्रहरी परिचालन गर्न लागेका छौँ ।” एसएसपी उमेश राज जोशीले भने, “बिहानैदेखि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा २ वटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारी साधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिने छ ।”

तीब्र गतिमा मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरि मोटरसाईकलमा हेल्मेट नलगाउने, मोटरसाईकलमा तीनजना भन्दा बढी सवार हुने, सवारी चालक अनुमति पत्र नभएकाहरुले सवारी साधन चलाउने, ट्राफिक नियम विपरीत सवारी चलाउने माथि विशेष निगरानी गर्ने गरी महाशाखाले सुरक्षा योजना तयार गरेको जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित