३५० मेगावाट क्षमताको ऊर्जा आयोजनाको अध्ययन गर्न अनुमति
- वर्ल्ड दैनिक
- १ साल अघि
- १८३ पटक पढिएको
मंगलबार बसेको लगानी बोर्डको ४९औं बैठकले २३ अर्ब लगानी गर्ने गरी ३५० मेगावाट क्षमताको ऊर्जा आयोजनाको अध्ययन गर्न अनुमति दिएको छ ।

सुदूरपश्चिम प्रदेश अन्तर्गत डोटी जिल्लाको दिपायल–सिलगढी नगरपालिकामा एक सय २५ मेगावाट र डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा दुई सय २५ मेगावाट गरी कुल ३५० मेगावाट सौर्य ऊर्जा परियोजना विकासका लागि सम्भाव्यता अध्ययन गर्न अनुमति दिएको छ।
प्रधानमन्त्री एवम् लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बालुवाटारमा बसेको बैठकले ५० करोड रुपैयाँ लगानी स्वीकृत गरेको हो । डाबर नेपाललाई पुन: लगानीका रूपमा थप लगानी स्वीकृत गरिएको छ।
बैठकले तल्लो अरुण जलविद्युत् आयोजनाको प्रारम्भिक अध्ययन प्रतिवेदन पनि स्वीकृत गरेको छ । बैठकले लगानी बोर्डको कार्यालयले तयार पारेको नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने प्रविधिको तुलनात्मक अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ ।