सस्तो कोबिड परीक्षण उपकरण
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २०१ पटक पढिएको
बेलायती वैज्ञानिकहरूले ‘ल्याब इन द ब्याकप्याक’ नामक सस्तो कोबिड परीक्षण उपकरण पत्ता लगाएका छन्।

यो मोबाइल किटले सार्स कोभ-२ पत्ता लगाउन निकै सजिलो हुने पनि दाबी गरिरहेका छन्। वैज्ञानिकहरूले यो सानो मोबाइल किटको कुल मूल्य ५१ अमेरिकी डलर रहने अनुमान गरेका छन् ।
यो किट सानो छ त्यसैले यसलाई गरिब देश र दुर्गम स्थानमा समेत बोक्न सजिलो हुने विश्वास गरिएको छ । विश्वका कतिपय ठाउँमा दक्ष जनशक्तिको अभाव छ, अझै पनि कतिपय देशमा प्रयोगशाला छैनन् । त्यसैले यो किटको सहयोगले वैकल्पिक परीक्षण हुने उनीहरुको भनाइ छ ।
लन्डनस्थित क्विन मेरी विश्वविद्यालयका प्राध्यापक स्टोयन स्मोकोभले भने, ‘हामी यो मोबाइल ल्याबको कोभिड-१९ परीक्षण क्षमता र यो किटको सस्तो प्रविधिलाई सार्वभौम बनाउने सम्भावनालाई लिएर निकै उत्साहित छौं ।’
यो किटको सहायताले मानिसले आफ्नो रगत र पिसाबको नियमित परीक्षण पनि गर्न सक्नेछन् । तर, किट विकास गर्नुको मुख्य उद्देश्य भनेको कोभिड परीक्षणलाई विश्वव्यापी रुपमा सरल बनाउनु हो,स्टोयनले भने ।