१ लाख भारतीय रुपैयाँमाथिको आयात गर्दा नियामकको स्वीकृति अनिवार्य

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २७९ पटक पढिएको

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण अन्तर्गत आयात हुने बिभिन्न प्रविधि तथा सेवा खरिदमा भारतबाट १ लाख भारतीय रुपैयाँ र अन्य देशको हकमा पाँच हजार अमेरिकी डलर वा सो बराबरको परिवर्त्य मुद्रामा हुने खरिदमा नियामकको स्वीकृति लिनुपर्ने उद्योग विभागले जनाएको छ । 

आयातित सेवा र प्रविधिका बारेमा केहि जानकारी नहुँदा विभागलाई नेपाल राष्ट्र बैंक समक्ष विदेशी मुद्रा सटहीका लागि सिफारिश गर्न कठिन भएको भन्दै विभागले यसअघि नै सम्झौता स्वीकृति र जानकारी नगराइ गरिएको खरिदमा पन्ध्र दिन भित्र भुक्तानीका लागि पेश गर्न भनि सुचना जारी गरेको छ ।

 विभागले पुस २२ गतेदेखि अग्रिम स्वीकृति लिएर मात्र यस्ता प्रविधि भित्र्याउन र सेवा खरिद गर्न  आग्रह गरेको छ । विभागले अग्रिम स्वीकृति नलिइ गरिएका खरिदमा विदेशी मुद्रा सटहीका लागि सिफारिश नदिने  जनाएको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित