जापानमा टीभीको स्क्रीन चाटेर ‘खानेकुराको स्वाद चाख्न सक्ने प्रविधि

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २९७ पटक पढिएको

 

जापानमा एक प्राध्यापकले निर्माण गरेको चाट्न मिल्ने खालको टीभी स्क्रीनको प्रोटोटाइपले खानेकुराको स्वाद दिन सक्ने भएको छ । 

समाचारसंस्था रोयटर्सले प्रकाशित गरेको विवरण अनुसार, टेस्ट-द-टीभीको सङ्ज्ञा दिइएको उक्त उपकरणमा १० वटा बट्टाले स्क्रीनमाथि बिछ्याइने "स्वच्छ झिल्ली" मा स्वाद छर्किन्छन् । टीभी हेर्ने मानिसले त्यो झिल्ली चाटेर टीभीमा देखिएको कुराको स्वाद चाख्न सक्छन् ।

मेइजी विश्वविद्यालयका प्राध्यापक होमेई मियाशिताका अनुसार उनको आविष्कार प्रयोग गरेर पाकशास्त्री र मदिराको स्वाद जाँचकीलाई प्रशिक्षण दिन सकिन्छ । उनले रोयटर्ससँग भने, "घरमै बसेको बेला पनि मानिसहरूलाई बाहिरको संसारमा भएको कुनै रेस्टुराँमा खाएको अनुभव प्रदान गर्न सम्भव बनाउने उद्देश्य हो," ।

बजारमा ल्याउनेगरी उत्पादन गरिएमा उक्त टीभीको मूल्य ८७५ डलर (अर्थात् एक लाख नेपाली रुपैयाँभन्दा केही बढी) पर्न जाने उनको अनुमान छ । स्वाद प्रवाहित गर्ने प्रविधि प्रयुक्त अन्य सम्भावित साधन उत्पादन गर्न उनले उत्पादकहरूसँग कुरा गरिरहेको बताइएको छ ।

प्राध्यापक मियाशिताले स्वाद ‘डाउनलोड’ गर्न सकिने प्रविधियुक्त विश्वको परिकल्पना गरेका छन् । उनका अनुसार कोभिड-१९ महामारी फैलिएको बेला यस्तो प्रविधिले मानिसहरूलाई बाह्य संसारसँग सम्पर्कमा राख्ने शैलीलाई बलियो बनाइदिन सक्छ ।

तर केही मानिसले महामारीको बेला स्वाद चाख्न मिल्ने टीभी सार्वजनिक गर्ने उपयुक्त समय नभएको धारणा सामाजिक सञ्जालमा व्यक्त गरिरहेका छन् । विगतमा पनि मियाशिता र उनका विद्यार्थीले स्वादसँग सम्बन्धित विभिन्न साधनहरू बनाएका छन् ।तस्बिर : रोयटर्स 

 

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित