चीन लक्षित रक्षा प्रविधिहरू आदानप्रदान गर्ने यूके, अमेरिका र अष्ट्रेलिया घोषणा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २६१ पटक पढिएको

यूके, अमेरिका र अस्ट्रेलियाले चीन लक्षित रक्षा प्रविधिहरू आदानप्रदान गर्ने एउटा विशेष सुरक्षा सम्झौताको घोषणा गरेका छन् । बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायतका प्रधानमन्त्री बोरिस जोनसज र अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले अकस सुरक्षा सम्झौतामाथि एक संयुक्त बयान जारी गरेका हुन् ।

हिन्द प्रशान्त क्षेत्रमा स्थिरतालाई बढावा दिन र साझा चासोलाई अगाडि बढाउन तीन देशबीच सम्झौता भएका अमेरिकी राष्ट्रपति जो बाइडेको भनाइ छ । त्यस्तै अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले लामो दूरीको अमेरिकी तोमाहक क्रुज मिसाइल पनि प्राप्त गर्ने बताएका छन् । र बेलायती प्रधानमन्त्री जोन्सनले आफूहरू हिन्द प्रशान्त क्षेत्रको स्थिरता र सुरक्षाका लागि सहकार्यका लागि एक ठाउँमा आएको बताएका छन् ।

बयानमा, ‘अकस अन्तर्गत पहिलो पहलको रुपमा हामी रोयल अष्ट्रेलियाली नौसेनाका लागि परमाणु ऊर्जाबाट चल्ने पनडुब्बीको निर्माणका लागि प्रतिबद्ध रहेको र यसमार्फत् हिन्द प्रशान्त क्षेत्रमा स्थिरताले प्रोत्साहन पाउने जनाइएको छ ।

ओकस नाम दिइएको  उक्त सम्झौतामा आर्टिफिसिएल इन्टेलिजेन्स, क्वान्टम टेक्नोलोजी र साइबरका पक्ष समेट्ने बताएका छन् ।  सम्झौताले अस्ट्रेलियालाई पहिलोपटक परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउने बाटो खुला गरिदिएको को बताइएको छ  ।

अष्ट्रेलियाली नौ सेनाका लागि १२ पनडुब्बीको निर्माणका लागि सन् २०१६ मा फ्रान्सले करिब ५० बिलियन अष्ट्रेलियाली डलर कन्ट्र्याक्टमा पाएको थियो ।यो सम्झौता अष्ट्रेलियाको हालसम्मको सबैभन्दा ठूलो रक्षा अनुबन्ध भएको बताइएको छ ।

तस्बिर : एएफपी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित