स्वीडेनमा प्रदर्शनकारी तथा प्रहरीबीच झडप

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ४१५ पटक पढिएको

उग्र दक्षिणपन्थी समूहको कुरान जलाउने मनसायविरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी तथा प्रहरीबीच झडप हुदा स्वीडेनमा ओरेब्रोमा कम्तिमा ९ जना प्रहरी घाइते भएका छन् ।

झडपमा ९ जना प्रहरी घाइते भएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ । घाइते भएका प्रहरीमध्ये धेरैको हात भाचिएको प्रहरीले जनाएको छ ।

विरोधमा घाइते भएका तीनजना प्रहरीलाई अस्पतालमा भर्ना गरिएको छ। एक समूहले प्रदर्शन गर्दा आप्रवासीको विरोधमा अर्को इस्लामिक विरोधी स्ट्रम कुर्स समूहले प्रदर्शन गरिरहेका छन् ।

स्वीडेनमा सबै मानिसहरुलाई विचार अभिव्यक्तिको अनुमति दिइएको तथा यो लोकतन्त्रको एक अंक भएको स्वीडेनका प्रधानमन्त्री मागडालेना एन्डरसनले प्रतिक्रिया दिएकी छन् । कुनै कुराको लागि हिंसाको सहारा लिन नहुने तथा यो स्वीकार्य नहुने उनले बताएकि छिन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित