नयाँ सोशल मिडिया प्लेटफर्म सुरु गर्ने योजनामा, एलन मस्क

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १६६ पटक पढिएको

विश्वको सबैभन्दा धनी व्यक्ति तथा टेस्लाका सीईओ एलन मस्कले नयाँ सोशल मिडिया प्लेटफर्म सुरु गर्ने योजना बनाएका छन्। एलन मस्कले नयाँ सामाजिक सञ्जाल प्लेटफर्म सुरु गर्नेबारे गम्भीरतापूर्वक विचार गरिरहेको बताएका छन् ।

मस्क र माइक्रो ब्लगिङ साइट ट्वीटर केही समयदेखि अभिव्यक्ति स्वतन्त्रताको विषयलाई लिएर विवादमा छन् ।

मस्कको ट्विट पछि, उनका साथी प्रणय पथोलले सोधे, "के तपाइँ अभिव्यक्ति स्वतन्त्रतालाई प्राथमिकता दिने र धेरै कम प्रचार प्रसार गर्ने प्लेटफर्म सुरु गर्दै हुनुहुन्छ ?" उक्त प्रश्नको जवाफमा मस्कले आफू यस विषयमा गम्भीर रहेको बताए ।

हालका दिनहरूमा मस्क ट्विटरको एल्गोरिदमको आलोचना गर्दै आएका छन्। एलन मस्कका अनुसार कार्यशील लोकतन्त्रका लागि अभिव्यक्ति स्वतन्त्रता आवश्यक छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित