नेविसंघ विद्यार्थीकै मुद्दामा केन्द्रित हुने: अध्यक्ष शेर्पा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २९४ पटक पढिएको

नेपाल विद्यार्थी संघका नवनियुक्त अध्यक्ष दुजाङ शेर्पाले नेपाल विद्यार्थी संघमा पुनः विद्यार्थीको नेतृत्व स्थापित भएको बताएका छन् । उनले अबको नेविसंघ विद्यार्थीकै मुद्दामा केन्द्रित हुने उल्लेख गरेका छन् ।

अध्यक्ष शेर्पाका अनुसार नेविसंघले तत्कालै देशभर सदस्यता वितरण अभियान चलाउने र आगामी निर्वाचनमा कांग्रेसलाई एकल बहुमत दिलाउन सबै शक्ति केन्द्रित गर्ने भएको छ । नेविसंघको अध्यक्षमा पूर्वअध्यक्ष एवम् केन्द्रीय सदस्य राजीव ढुंगानाबाट पदभार ग्रहण गर्दै अध्यक्ष शेर्पाले पार्टीले दिएको डेडलाइनभित्रै महाधिवेशन गरेर नेविसंघलाई विद्यार्थीको संस्थाका रुपमा पुनःस्थापित गर्ने प्रतिबद्धता समेत जनाए । उनले विगतमा नेविसंघको छवि बिगार्ने गरी भएका कामहरूको समीक्षा गर्दै भावी दिनमा विशुद्ध विद्यार्थी संस्थाका रूपमा स्थापित गर्न आफूले सक्दो प्रयास गर्ने बताए ।

अध्यक्ष शेर्पाले पार्टीभित्रका सबै पक्ष र विचारहरूलाई समेटेर नेविसंघलाई अघि बढाउने बताएका छन्।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित