”बोलेर केहि हुँदैन गरेर देखाउनुपर्छ” – नरोत्तम अर्याल
- वर्ल्ड दैनिक
- २ साल अघि
- २७७ पटक पढिएको
बुधवार होटल रेडिसनमा तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनमा केहि उद्धमीहरुले उद्यमशीलताको बारेमा बोलेपछी किङ्स कलेजका अध्यक्षले ‘बोलेर केहि हुँदैन गरेर देखाउनुपर्छ’ भनेका हुन् । उनले आफुले विगतमा भोगेका समस्याहरुको बारेमा बताउँदै गर्दा यस्तो भनेका हुन् । उनले अहिले प्रबिधिको विकासले गर्दा धेरै सजिलो भएको पनि बताए ।
क्लक–बी बिजनेश इनोभेसनले काठमाडौंस्थित भारतीय दूतावाससँगको सहकार्यमा ‘कनेक्ट–इन (इन्डिया–नेपाल) अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ’ को तेस्रो संस्करण आज आयोजना गरेको थियो । युवा उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा ३०० भन्दा बढी नेपाली तथा भारतीय स्टार्टअप, उद्यमी, लगानीकर्ता, विज्ञ, उच्चपदस्थ नेपाली तथा भारतीय अधिकारीको सहभागिता रहेको थियो भने १५ बढी नेपाली र भारतीय प्रख्यात वक्ताहरूले आ–आफ्ना अनुभव आदानप्रदान गरेका थिए ।
चैत १ गते भएको आइडिया अडिसनबाट आफ्ना स्टार्ट अप व्यवसायलाई प्रस्तुत गरेका २० स्टार्ट अप व्यवसायमध्ये प्रतिस्पर्धाको आधारमा उत्कृष्ट ४ उद्यमी छनौट भएका थिए । छनौट भएका उत्कृष्ट ४ उद्यमीहरूमा टेक्का, बोया फ्रेस, सारंग र वेद रहेका छन् । छनौट भएका उत्कृष्ट ४ उद्यमीहरूले नेपाल र भारतका प्रख्यात उद्यमीहरूका सामु आज भईरहेको फिनालेमा आफ्नो व्यावसायिक विचार लगानीका लागि प्रस्तुत गर्ने अवसर पाउने क्लक बीका बिजनेस डाइरेक्टर दिलराज जोशीले जानकारी दिएका छन् ।
नेपाल र भारतका युवा उद्यमी समुदायलाई सहयोग गर्न र दुवै देशका उद्यमी र स्टार्ट-अपका लागि विचार आदानप्रदान मञ्च सिर्जना गर्नमा आजको कार्यक्रमको मूल एजेन्डा रहेको थियो। कार्यक्रममा प्रमुख आकर्षणको रुपमा भारतीय दूतावासका प्रथम वाणिज्य सचिव अभिशेक उपाध्याय , महामहिम विनय मोहन क्वात्र , सम्माननीय ज्ञानेन्द्र बहादुर कार्की , एफ वान सफ्टका सिईओ तथा निर्देशक सुबाश शर्मा, क्लक बी बिजनेश इनोभेशनका निर्देशक डिल्ली राज जोशी , किङ्स कलेजका अध्यक्ष नरोत्तम अर्याल र सस्तो डिलका संस्थापक अमुन थापाको उपस्थिती रहेको थियो ।