तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन हुँदै
- वर्ल्ड दैनिक
- २ साल अघि
- २०४ पटक पढिएको
क्लक–बी बिजनेश इनोभेसनले काठमाडौंस्थित भारतीय दूतावाससँगको सहकार्यमा ‘कनेक्ट–इन (इन्डिया–नेपाल) अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ’ को तेस्रो संस्करण आज आयोजना गरेको छ । युवा उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनमा ३०० भन्दा बढी नेपाली तथा भारतीय स्टार्टअप, उद्यमी, लगानीकर्ता, विज्ञ, उच्चपदस्थ नेपाली तथा भारतीय अधिकारीको सहभागिता रहेको छ भने १५ बढी नेपाली र भारतीय प्रख्यात वक्ताहरूले आ–आफ्ना अनुभव आदानप्रदान गरेका छन् ।
चैत १ गते भएको आइडिया अडिसनबाट आफ्ना स्टार्ट अप व्यवसायलाई प्रस्तुत गरेका २० स्टार्ट अप व्यवसायमध्ये प्रतिस्पर्धाको आधारमा उत्कृष्ट ४ उद्यमी छनौट भएका थिए । छनौट भएका उत्कृष्ट ४ उद्यमीहरूमा टेक्का, बोया फ्रेस, सारंग र वेद रहेका छन् । छनौट भएका उत्कृष्ट ४ उद्यमीहरूले नेपाल र भारतका प्रख्यात उद्यमीहरूका सामु आज भईरहेको फिनालेमा आफ्नो व्यावसायिक विचार लगानीका लागि प्रस्तुत गर्ने अवसर पाउने क्लक बीका बिजनेस डाइरेक्टर दिलराज जोशीले जानकारी दिएका छन् ।
नेपाल र भारतका युवा उद्यमी समुदायलाई सहयोग गर्न र दुवै देशका उद्यमी र स्टार्ट-अपका लागि विचार आदानप्रदान मञ्च सिर्जना गर्नमा आजको कार्यक्रमको मूल एजेन्डा रहेको छ।