माओवादी केन्द्र र नेकपा मसालबीच पार्टी एकता

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २९८ पटक पढिएको

 

नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र)बीच पार्टी एकता भएको छ । शुक्रबार काठमाण्डूमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सम्पर्क केन्द्रका तर्फबाट संयोजक लोकेन्द्र लम्सालले संयुक्त विज्ञप्ति जारी गर्दै एकता घोषणा गरेका हुन् । 

दुई पार्टीबीच विभिन्न चरणमा भएका छलफल र सम्वादपछि उक्त एकता भएको प्रचण्ड र लम्सालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्ति अनुसार, ‘नेकपा माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच वार्ता र संवादका दौरानमा नेकपा मसाल सम्पर्क केन्द्रले नेपालको राजनीतिक परिवर्तनमा मुख्य भूमिका अध्यक्ष प्रचण्डको नेतृत्वमा माओवादी आन्दोलन कै रहेको तथ्यलाई स्वीकार गर्दै वर्तमान राजनीतिक सैद्धन्तिक प्रश्नहरुको साथै संगठनात्मक प्रश्नमा पनि मुलत समान दृष्टिकोण निर्माण भएको छ’ । 

माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले नेकपा मसाल बीचको एकताले देशमा बलियो सन्देश दिएको बताएका छन् । प्रचण्डले भने, ‘यो कुनै कार्यनीति र कूटनीतिक खालको एकता होइन । विचारधारात्मक एकता हो । यो दिगो जानेछ र यसले देशमा बलियो सन्देश दिनेछ ।’

जनताले रगत बगाएर ल्याएको परिवर्तन उल्टिन नदिन फेरि ठूलो क्रान्तिकारी लडाइँ लड्न तयार भएको प्रचण्डले बताएका छन् । 

""

""

 

 

 

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित