भारतमा हरेक २५ मिनेटमा एक गृहिणीले आत्महत्या गर्छ : एनसीआरबी

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १५६ पटक पढिएको

 

भारतको राष्ट्रिय अपराध रेकर्ड्स ब्यूरो (एनसीआरबी)ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्ष देशभरि २२ हजार ३७२ गृहिणीहरूले आत्महत्या गरेका छन् । त्यसले दैनिक औसतमा ६१ जना वा प्रत्येक २५ मिनेटमा एक गृहिणीले आत्महत्या गरिरहेको देखाउँछ ।

सन् २०२० को तथ्याङ्कअनुसार भारतमा १ लाख ५३ हजार ५२ वटा आत्महत्याका घटनामध्ये १४.६ प्रतिशतमा गृहिणीहरूले अकाल मृत्युवरण गरेका छन् । यो सङ्ख्या आत्महत्या गर्ने कुल महिलाहरूको ५० प्रतिशतभन्दा धेरै हो ।

यो कुनै नौलो तथ्यांक भने होइन भारतमा हरे वर्ष गृहणीहरुले आत्महत्या गरिरहेको हुन्छ । सन् १९९७ यता एनसीआरबीले पेसाका आधारमा आत्महत्याका विवरण राख्ने गरेको छ ।  त्यसयता २० हजार भन्दा धेरै गृहिणीहरूले बर्सेनि आत्महत्या गरेको तथ्याङ्क छ। सन् २००९ मा त्यो सङ्ख्या बढेर २५ हजार ९२ पुगेको थियो ।

हजारौँ महिलाहरूलाई आत्महत्या गर्न बाध्य पार्ने कारण के-के हुन् त?

मानसिक स्वास्थ्य विज्ञहरूले त्यसको एउटा मुख्य कारण उच्च घरेलु हिंसा भएको बाएका छन् । धेरैजसो महिलाहरू कानुनले तोकेको उमेर १८ वर्ष पुग्दापुग्दै विवाह गर्छन् । उनीहरू बुहारी र श्रीमती बनेर दिनभरि घरमा बसेर खाना पकाउने, सरसफाइजस्ता घरायसी काम गर्छन् । उनीहरूमाथि अनेकथरी प्रतिबन्ध लगाइन्छ, उनीसँग थोरै स्वतन्त्रता हुन्छ र आफ्नै पैसामा समेत निकै कम पहुँच हुन्छ ।

"उनको पढ्ने सपनाको त्यसपछि कुनै अर्थ रहँदैन र महत्त्वाकाङ्क्षा बिस्तारै सेलाउँदै निराशामा बदलिन्छ र आफ्नो अस्तित्व नै यातना बन्छ ।

त्यस्तै पाका उमेरका महिलामा भने आत्महत्याका कारण अलि भिन्न छन् । डा. श्रीवास्तवका विचारमा धेरै महिलामा सन्तान हुर्किएर घरबाहिर गएसँगै एक्लोपनको समस्या देखिन्छ । अर्को कारण भनेको रजोनिवृत्ति अर्थात् महिनावारी सुक्ने प्रक्रिया चलिरहेको बेला हुने निराशा र बिनाकारण वा ससाना कारणले रुने अवस्था हो ।

डा. श्रीवास्तव आत्महत्या गर्न लागेका महिलालाई ‘कसैलाई केही क्षण रोक्न सकियो भने’ सजिलै बचाउन सकिने ठान्छिन् ।

भारत विश्वमै उच्च सङ्ख्यामा आत्महत्या हुने देशमा पर्छ । विश्वभरि हुने आत्महत्याको एकचौथाइ अंश भारतीय पुरुषहरूको छ । यद्यपि भारतीय महिलाको आत्महत्या १५ देखि ३९ उमेर समूहमा विश्वको ३६ प्रतिशत छ । बीबीसी हिन्दिबाट 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित