प्रदेश अधिबेशन प्रतिनिधिमा बिद्यार्थी नेता नवीन खड्का(केडि)

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २२४ पटक पढिएको

 

नेपाली काङ्ग्रेसका विद्यार्थी नेता नवीन केडीले मोरङ क्षेत्र नम्बर ‘३’ प्रदेश ‘क’ क्षेत्रीय अधिवेशनमा आफ्नो उम्मेद्बारी घोषणा गरेका छन् ।विगत १० वर्षदेखि पार्टीको विद्यार्थी राजनीतिमा सक्रिय उनि प्रतिनिधिमा खुल्लातर्फका उमेदवारको रुपमा चुनावी मैदानमा उत्रिएका हुन् ।

आफुले आर्जन गरेको सैद्धान्तिक ज्ञानलाई क्रमशः व्यवहारमा उतार्न राजनीतिको आगन उपयुक्त हुने केडीको ठम्याई छ। ‘अर्थ–राजनीतिको प्रगतिशील व्यवस्थापन नै आजको प्रमुख आवश्यकता हो, राजनीतिक यात्रा सफल हुँदै नेतृत्व तहमा पुग्दै गर्दा यो नै मेरो मुख्य चासो र कार्यक्षेत्रको विषय हुनेछ ।’ उनी बताउँछन् ।  

उनी नेविसंघ रत्नराज्य क्याम्पस,काठमाण्डूका उपसभापति पनि हुन् । आर.आर.क्याम्पसमा शैक्षिक गुणस्तर बढाउन,विद्यार्थीका हकहित र साझा मुद्दाहरुमा लड्न विभिन्न समयमा उनले समन्वयकारी तथा नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएका छन । अर्थशास्त्र, वित्तीयशास्त्रमा दोहोरो स्नातकोत्तर सकिसकेका उनी अहिले समाजशास्त्र विषयमा स्नातकोत्तर गरिरहेका छन् ।

केडीलाई विपीको विचारधारा बोकेको उर्जाशील युवा नेताको रुपमा चिनिन्छ । राष्ट्रियता, प्रजातन्त्र तथा समाजवादको स्थापनाका लागि विपीले गरेको योगदानको स्मरण गर्दै उनले भने," म विपीको नारा बोकेर चुनावी मैदानमा उत्रिएको छु, विपीका विचार जिताउनु नै मेरो जीत हुनेछ।" अधिवेशन यही मङ्सिर ३ मा हुदैछ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित