बढ्यो सुनको मूल्य फेरी, आज तोलाको कति ?

  • वर्ल्ड दैनिक
  • ९ महिना अघि
  • १६४ पटक पढिएको
बढ्यो सुनको मूल्य फेरी, आज तोलाको कति ?
काठमाडौँ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू एक लाख १३ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख १२ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू चार सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख १२ हजार चार सय ५० तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रू पाँचले बढेर रू एक हजार चार सय ६५ तोकिएको महासङ्घले जनाएको छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित