बैंकले सहाराविहीन, अशक्त, असहाय मानिसहरुलाई साहारा दिँदै

  • वर्ल्ड दैनिक
  • १० महिना अघि
  • २३३ पटक पढिएको
बैंकले सहाराविहीन, अशक्त, असहाय मानिसहरुलाई साहारा दिँदै

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा मानव सेवा आश्रम र शैक्षिक संस्थालाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन्।

कको भाटभटेनी शाखाले खुला आकाशमुनि कष्टपूर्ण जीवन व्यतीत गर्न विवश अनाथ, अपांग, अशक्त, असहाय र मनोरोगीहरुलाई सेवा गर्ने विशुद्घ परोपकारी संस्था मानव सेवा आश्रमलाई विभिन्न औषधी, देनिक खानाका लागि अत्यावश्यक सामग्रीका साथै विविध सरसफाइका सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।

मानव सेवा आश्रमको दैनिक आवश्यकतामा सहयोग पुर्याउने उद्देश्यले बैंकले सहाराविहीन, अशक्त, असहाय, शारीरिक तथा मानसिक रुपमा कमजोर आदिका लागि खाना कपडा र बस्ने व्यवस्था गरी साहारा प्रदान गर्दै आएको उक्त सहयोग प्रदान गरेको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित