सुनचाँदीको मूल्य घट्यो

  • वर्ल्ड दैनिक
  • १ हप्ता अघि
  • ३२ पटक पढिएको
सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ। साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य प्रतितोलामा चार सय रुपैयाँले घटेको छ । साथै आज छापावाल सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन आज ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित