भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
- वर्ल्ड दैनिक
- २ साल अघि
- २८४ पटक पढिएको
काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट नेपाल आयल निगमलाई पेट्रोल तथा डिजेलको मूल्य घटेर आएको छ। शुक्रबार (सेप्टेम्बर १६) बाट लागू भएको नयाँ मूल्यअनुसार आयल निगमले खरिद गर्ने पेट्रोलको मूल्य अघिल्लो दिनसम्मको तुलनामा प्रतिलिटर ६ रुपैयाँ ५५ पैसा घटेर आएको हो । पेट्रोलमा मूल्य घटेसँगै नेपाल आयाल निगमलाई प्रतिलिटर ८ रुपैयाँ नाफा रहने भएको छ साथै शुक्रबारबाट लागू हुने गरि इन्धनमा मूल्य समायोजन भएर आएको हो। डिजेलमा भने प्रतिलिटर ४४ पैसामा मात्र घटेर आएको निगम स्रोतले बतएको छ । हाल निगमलाई डिजलमा प्रतिलिटर ६ रुपैयाँ हाराहारीमा नोक्सानी रहेको छ । अब उपभोक्ताका लागि निगमले पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ तथा डिजलको १७८ रुपैयाँ तोकेको छ । यस्तै, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा कमी आउँदा नेपाल आयल निगमलाई पनि मूल्य घट्ने गर्छ । निगमले सोअनुसार उपभोक्ताका लागि स्वचालित प्रणालीबाट मूल्य तय गर्नुपर्ने व्यवस्था छ ।