बाणिज्य बैंकले आइतबारदेखि दशैंको लागि उपत्यकामा नयाँ नोट दिने

  • वर्ल्ड दैनिक
  • १ हप्ता अघि
  • ४४ पटक पढिएको
बाणिज्य बैंकले आइतबारदेखि दशैंको लागि उपत्यकामा नयाँ नोट दिने

काठमाडौं। काठमाडौं उपत्यका भित्रका इजाजत प्राप्त ‘क’ वर्गका बाणिज्य बैंकहरुले असोज २ गते आइतबारबाट दशैंको लागि नयाँ नोट सटही गरिदिने भएको छन् ।सर्वसाधरणलाई नयाँ नोट सटही गर्न सहज होस् भनेर यसवर्ष सम्पूर्ण वाणिज्य बैंकहरुलाई नयाँ नोट उपलब्ध गरिएको हो । सर्वसाधरणलाई नयाँ नोट सटहीको लागि काठमाडौं उपत्यका भित्रका कम्तीमा ५ वटा शाखा कार्यालयहरु तोकी आफ्नो वेबसाइट मार्फत सूचना दिन राष्ट्र बैंकले सन्देश जारी गरेको छ। यस्तै, राष्ट्र बैंकका अनुसार रु. ५, १०, २०, ५० र १०० दरको प्रति व्यक्ति बढीमा एक÷एक प्याकेटका दरले बढीमा साढे १८ हजार रुपैयाँसम्मको सटही सुविधा गराइने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित