आज नेप्सेमा दोहोरो अंकको गिरावट

  • वर्ल्ड दैनिक
  • २ हप्ता अघि
  • ४८ पटक पढिएको
आज नेप्सेमा दोहोरो अंकको गिरावट

साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ। आज सेयर बजार ११.४६ अंकले घटेसँगै नेप्से परिसूचक १९२६.२८ को विन्दुमा झरेको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.१० अंकले घटेर ३७४.७३ को विन्दुमा ओर्लेको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २२१ कम्पनीका २५ लाख २४ हजार २२४ कित्ता सेयर ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँमा किनबेच भएका छन्। आज कारोबार रकम पौने १ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

आज हिमालयन एभरेस्ट इन्स्योरेन्सको सर्वाधिक ३ करोड ९५ लाख रुपैयाँ बढीको कारोबार भएको छ भने छ्याङ्दी हाइड्रोपावर कम्पनीको सेयरभाउमा ५ प्रतिशत बढीले गिरावट आएको छ। साताको पहिलो बजारमा आज १८९ कम्पनीको शेयर कारोबार भएमध्ये २६ कम्पनीको शेयर बढ्दा १५६ कम्पनीको शेयर घटेको छ भने ७ कम्पनीको सेयर कारोबार स्थिर रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित