राष्ट्र बैंकद्वारा रु. ५ अर्बको विकास ऋणपत्र जारी

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • २८६ पटक पढिएको
राष्ट्र बैंकद्वारा रु. ५ अर्बको विकास ऋणपत्र जारी

नेपाल राष्ट्र बैंकले नेपाल सरकारका तर्फबाट ५ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८५ ‘च’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले उक्त विकास ऋणपत्र असार २२ गते ६ वर्षे अवधिको लागि जारी गर्ने भएको हो।

यो ऋणपत्र भोलि असार २१ गते बोलकबोलमार्फत बिक्री गरिने भएको छ। इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले यो ऋणपत्रमा बोलपत्र पेस गर्न सक्नेछन्। सो ऋणपत्रको ब्याजदर पनि बोलकबोलमार्फत हुनेछ। ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ।

ऋणपत्र २०८५ असार २२ गते परिपक्व हुनेछ भने धितो राखी कर्जा लिन तथा दिन समेत पाइनेछ। राष्ट्र बैंकका अनुसार अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा ऋणपत्रको रकम बाँडफाँड गरिने भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित