बंगलादेश सरकारद्धारा सरकारी अधिकारीहरुका अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १९१ पटक पढिएको

कोभिड-१९ पछिको आर्थिक सुधार र निरन्तर विश्वव्यापी संकटको पृष्ठभूमिमा, बंगलादेशले सञ्चालन र विकास बजेट अन्तर्गत सरकारी अधिकारीहरूको अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध लगाएको छ । देशको अर्थ मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै एक्सपोजर भिजिट, स्टडी टुर, वर्कसप, सेमिनारलगायतका सबै प्रकारका वैदेशिक भ्रमण अर्को सूचना नआएसम्मका लागि रोकिएको जनाएको हो ।

देशको विदेशी मुद्रा सञ्चितिमा परेको दबाब कम गर्न अर्को सूचना नभएसम्मका लागि रोक लगाइने अर्थ मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । उक्त विज्ञप्ति अनुसार यो निर्णय तुरुन्तै विकास र सञ्चालन बजेट दुवैमा लागू हुने बताईएको छ । बंगलादेशको केन्द्रीय बैंकले विलासिता र गैर-आवश्यक वस्तुहरू जस्तै एसयूभी, वाशिंग मेसिन, एयर कन्डिसनर र रेफ्रिजरेटरहरूको लागि आयात सीमा कडा गरेको एक दिन पछि अर्थ मन्त्रालयले यो कदम चालेको हो ।

खाद्यान्न सहितको अत्यावश्यक बाहेकका अरु सामानहरुको आयातमा वैदेशिक मुद्राको सञ्चिति घट्दै गएको भन्दै यहाँको सरकारले रोक लगाइएको बताइएको छ । यी दुई कार्यहरूले बंगलादेशको विदेशी मुद्रा सञ्चितिलाई पनि सुरक्षित गर्ने अपेक्षा गरिएको छ । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित