नेपाललाई अमेरिकाले ६५९ मिलियन डलर आर्थिक सहयोग दिने
- वर्ल्ड दैनिक
- २ साल अघि
- २१२ पटक पढिएको
नेपाललाई अमेरिकाले ६५९ मिलियन डलर आर्थिक सहयोग दिने भएको छ । अर्थमन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा अमेरिकी अन्तर्राष्ट्रिय आर्थिक सहयोग नियोगका प्रतिनिधिले नेपाललाई ६५९ मिलियन डलर अर्थात् ७९ अर्ब ७१ करोड रुपैयाँ आर्थिक सहयोग अनुदान स्वरुप उपलब्ध गराउने घोषणा गरेका हुन् ।

अनुदान सहयोगसम्बन्धी सम्झौता पत्रमा अमेरिकी अन्तर्राष्ट्रिय आर्थिक सहयोग नियोगका निर्देशक सेपिदेह केवंशद र नेपालको तर्फबाट अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख ईश्वरीप्रसाद अर्यालले हस्ताक्षर गरेका छन् । नेपाल–अमेरिका संयुक्त यस परियोजनाको समयावधि पाँच वर्षको हुने सहमतिपत्रमा उल्लेख गरिएको छ ।
यस आर्थिक सहयोगले नेपालको समग्र आर्थिक सामाजिक स्तरको वृद्धि विकाससँगै प्राकृतिक प्रकोप बाट जोखिममा रहेका समुदायको प्रतिरोधात्मक क्षमता बढाएर नेपालको दिगो विकासमा सहयोग पुर्याउने लक्ष्य लिएको छ ।
साथै यस सहयोगले मुलुकको गुणस्तरीय शिक्षा एवं स्वास्थ्य प्रणाली, दिगो ऊर्जा र कृषि विकासमा समेत उपयोगी सुधार ल्याउने अपेक्षा गरिएको छ ।