अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्छ : अर्थमन्त्री शर्मा

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ३७५ पटक पढिएको

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्छ भन्दै आफ्नो धारणा राखेका छन् । आज अर्थमन्त्रालयद्वारा आयोजना गरिएको पत्रकार सम्मेलनमा अर्थतन्त्रका सुचकहरु सार्वजनिक गर्दै अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्ने बताए ।

अर्थमन्त्री शर्माले नेपालका अर्थ व्यवस्थाका विषयमा आम सञ्चार माध्यममा व्यक्त गरिएका धाराणा प्रति अर्थमन्त्रालयको ध्यान आकर्षित भएको बताएका छन् । "अर्थतन्त्र ठूलो संकटमा गयो भनेर प्रचार नगर्न म हार्दिक अपिल गर्न चाहन्छु", उनले भने "अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्छ यसलाई पोलिटिसाइज गर्ने कुराहरु हुँदैन।"

उनले देशमा आर्थिक संकट आयो भनेर गलत प्रचारबादी भईरहेको समेत बताएका छन् । साथै अर्थमन्त्री शर्माले आगामी दिनहरुमा आर्थिक संकटबाट सतर्क हुनेपर्ने र यस विषयमा अर्थमन्त्रालय पनि गम्भीरतापुर्वक लागि परेको जानकारी दिएका छन् । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित