अर्थतन्त्रको यो अवस्थाको कारण केपी ओली : माधवकुमार नेपाल
- वर्ल्ड दैनिक
- १ साल अघि
- १९८ पटक पढिएको
२०७४ सालको स्थानीय तहको निर्वाचनमा दलहरुले प्राप्त गरेको मतको आधारमा सिट बाँडफाँड गरिने नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । सोमबार बिहान समाजवादी प्रेस संगठन पर्वतले कुश्मामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले आउँदै गरेको स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने बताएका छन्।

उनले एकीकृत समाजवादीको अवस्था कस्तो छ भन्ने आगामी निर्वाचनले पुष्टि गर्ने दावी गरेका छन् । नेपालले एमाले त्यागेर आफ्नो नेतृत्वको पार्टीमा आउनेहरूको क्रम तीव्र रहेको बताएका छन् ।
उनले गठबन्धनमा पछि उम्मेदवार टुंगो लगाउने मोडालिटीमा छलफल भइरहेको बताए । उम्मेदवार छनोटको ढाँचा तय गर्न गठबन्धनमा छलफल भइरहेको बताउँदै उनले स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म गठबन्धन जारी रहने बताए ।
उनले नेपाली अर्थतन्त्रको विषयलाई सबै राजनीतिक दलले साझा समस्याका रूपमा लिएर छलफलबाट समाधान गर्न सुझाव दिए । तर, नेपालले अहिलेको अवस्थाका लागि ओली नेतृत्वको सरकारलाई दोष दिएको छन् । अध्यक्ष नेपालले अर्थतन्त्रको यो अवस्थाको कारण केपी ओली नेतृत्वको सरकार रहेको बताए ।