श्रीलंकामा एक दिनअघि अर्थमन्त्रीमा नियुक्त भएका अली साबरीले दिए राजीनामा
- वर्ल्ड दैनिक
- २ साल अघि
- २९८ पटक पढिएको
हालै श्रीलंकामा जारी आर्थिक संकट र सरकारविरुद्धको प्रदर्शनका कारण मन्त्रिपरिषद्को सम्पूर्ण सदस्यले राजीनामा दिएका थिए । त्यसलगत्तै श्रीलंकामा एक दिनअघि अर्थमन्त्रीमा नियुक्त भएका अली साबरीले समेत राजीनामा दिएका छन् ।
सोमबार नयाँ मन्त्रिपरिषद्ले सपथ ग्रहण गरि अली साबरीलाई अर्थ मन्त्रालय दिइएको एकदिन पछि नै उनले राजीनामा दिएका हुन् । उनले राष्ट्रपति गोताबाया राजापाक्षेलाई पत्र लेख्दै, ‘अहिलेको अवस्थालाई ध्यानमा राखी यथोचित विचार गरेपछि यो अभूतपूर्व संकटसँग जुध्न अझ राम्रो व्यवस्था आवश्यक रहेको मेरो धारणा छ । र यसमा नयाँ अर्थमन्त्रीको नियुक्ति पनि समावेश छ।’ भन्दै पत्र बुझाएका थिए ।
यसअघिको सरकारमा न्यायमन्त्रीको पदमा काम गरेका उनले अप्रिल ३ मा बाँकी मन्त्रीसहित राजीनामा दिएका हुन् । पत्रमा उनले राष्ट्रपति राजापाक्षेले राम्रो व्यक्तिलाई अर्थमन्त्री बनाउन चाहेमा आफ्नो संसदीय सिट पनि त्याग्न तयार रहेको लेखेका छन् । बीबीसी