कोरोना संक्रमण र अर्थतन्त्र

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २०७ पटक पढिएको

 

कोरोना संक्रमणको कारण हामीले दुइ बर्ष धेरै क्षति बेहोर्‍यौं । विश्व अर्थतन्त्रमा नै यसले असर पारेको छ ।

अर्थतन्त्रका हरेक क्षेत्रले कोभिडको ठूलो समस्या झेल्नु पर्‍यो । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने पर्यटन क्षेत्रले धेरै ठूलो समस्या झेल्नु पर्‍यो । दुइ बर्षसम्म देखीएको कोरोनाका कारण हाम्रा औद्योगिक व्यवसायहरु धेरै ठुलो समस्यामा परे ।

सबैलाई कोरोनाको पहिलो लहरले त्रासित बनाएको थियो । झनै दोस्रो लहरमा धेरै त्रास फैलियो ।

कोरोनाका कारण खस्किएका उद्योगधन्दाहरु उठ्न सकेनन् ।

अहिले फेरी संक्रमणको त्रास सबैतिर फैलिएको छ । शैक्षिक क्षेत्र बन्द गरिएका छन । अहिले फैलिएको कोरोनको त्रासले अर्थतन्त्रमा पक्कै पनि असर गरेको छ ।

पहिले कोरोनाले जती ठुलो असर गरेको थियो अहिले देखिएको त्रासले त्यति नै ठुलो असर नगर्ला भन्न सकिन्न । अर्थतन्त्र रोक्किदा त्यसको असर निजी क्षेत्रमा पर्छ नै । त्यसको असर देखिएला भन्ने सबैमा चिन्ता छ । सर्वसाधारणहरू पुन: लकडाउनको अवस्थामा देश पुग्ने हो कि भन्ने अन्योल छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित