महिलामाथि लगाएको प्रतिबन्धका कारण अफगान अर्थतन्त्रमा १ अर्ब डलरबराबरको नोक्शान

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १७८ पटक पढिएको

 

अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि महिलामाथि लगाएको प्रतिबन्धका कारण अफगान अर्थतन्त्रमा १ अर्ब अमेरिकी डलरबराबरको नोक्शान भएको छ । राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले एक प्रतिवेदन सार्वजनिक गर्दै महिलामाथि प्रतिबन्ध लगाएकै कारण अफगान अर्थतन्त्रमा १ अर्ब अमेरिकी डलरबराबरको नोक्शान भएको जनाएको हो ।

अहिलेकै अवस्था रहे वा कुनै सुधारका कदम नचालिएमा यो दर आगामी वर्ष ३० प्रतिशतले घट्ने अर्थात कूल ग्राहस्थ उत्पादन जम्मा १४ अर्ब  डलरमा खुम्चिने पनि राष्ट्रसंघले प्रक्षेण गरेको छ । अफगानिस्तानको कूल ग्राहस्थ उत्पादन सन् २०२० मा २० अर्ब डलर भएकोमा यो वर्ष १६ अर्ब डलरमा खुम्चिने यूएनडीपीले त्यहाँको आर्थिक तथा सामाजिक अवस्थाबारे सार्वजनिक गरेको एक प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रसंघका अनुसार अफगानिस्तानको प्रतिव्यक्ति आय सन् २०१२ मा ६५० डलर रहेकोमा सन् २०२० मा घटेर ५०० डलर पुगेको थियो । अफगानिस्तानले आर्थिक संकट सामना गरिरहे आगामी वर्ष उसको प्रतिव्यक्ति आय ३५० डलरमा झर्ने राष्ट्रराष्ट्रसंघले प्रक्षेपण गरेको छ । तस्बिर: युएनडीपी 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित