माधव नेपाल समूहको भेला आजदेखिः अर्थहीन भेला नगर्न ओली समूहको चेतावनी

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ४७० पटक पढिएको

नरेश भाट

सर्वोच्च अदालतले पूर्व एमाले बिउँताएपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल समूहका नेताहरु लाई पार्टीको पदीय जिम्मेवारी बाट एकलौटी निर्णय गर्दै हटाएका छन् । पार्टी अध्यक्ष ओलीको कदम प्रति आपत्ति जनाउँदै झलनाथ नेपाल समूहले बृहत् रुपमा कार्यकर्ता भेला गराउने निर्णय गरेका थिए । पार्टी अध्यक्ष ओली र नेपाल पक्ष बीच छलफल भएतापनि छलफल लाई निरन्तरता दिन नसक्दा, पार्टी फुटको दिशा तर्फ उन्मुख रहेको छ ।

नेपाल समूहको कार्यकर्ता भेला आजदेखि सुरु भएको छ । ललितपुरको सानेपामा  रहेको एक पार्टी प्यालेसमा ११ बजे देखि कार्यकर्ता भेला सुरु भएको प्रचार प्रसार विभागका प्रमुख योगेश भट्टराईले जनकारी दिएका छन् । कार्यकर्ता भेला भोलीसम्म चल्ने र पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्य, प्रदेश कमिटी सदस्य, केन्द्रीय कमिटीका पूर्वसदस्य, संघ तथा प्रदेशका सांसद लगायत दुई हजारभन्दा बढी अगुवा कार्यकर्ताको उपस्थिति रहने बताइएको छ ।

कार्यकर्ता भेलामा केन्द्रीय कमिटीको तर्फ बाट अवधारणा पत्र निकाल्ने र  अवधारणा पत्रमा छलफल हुने जानकारी दिएका छन् । अवधारणा पत्रमा भेलामा उपस्थित पार्टीका सबै नेता कार्यकर्ताहरु लाई समूहमा विभाजन गरी अवधारणा पत्रमा आफ्नो धारणा राखेर पारित गर्ने प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।

वृहत्तर रुपमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीलाई सुदृढीकरण गर्ने एकताबद्ध, क्रियाशील रुपमा र विधान सम्मत अघि बढाउने सम्बन्धमा व्यापक छलफल हुने प्रचार विभाग प्रमुख भट्टराईले बताए ।

यसै बीच ओली समूहका ईश्वर पोखरेलले खनाल–नेपालले बोलाएको अर्थहीन भेलामा सहभागी भएमा विधानको व्यवस्था एवं नियमावली बमोजिम कारबाही गरिने चेतावनी दिएका छन् ।
पार्टीका महासचिव पोखरेलले विज्ञप्ति जारी गर्दै अनधिकृत र गुटगत भेला नगर्न नगराउन र त्यसमा सहभागी नहुन निर्देशन दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित